काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
नेपाली कांग्रेसका सिद्धार्थनगरका उपसभापति एवम् वडा नम्बर—७ का वडा सदस्य किरण घिमिरेलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । उनलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको बुझिए पनि यस विषयमा प्रहरीले औपचारिक रुपमा केहि बताएको छैन । प्रहरीले घिमिरेलाई उनकै घरबाट पक्राउ गरेको छ ।
प्रहरी अझै अनुसन्धानकै क्रममा रहेको र थप कुरा अनुसन्धान पछि मात्र बताउन सकिने प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताउनु भयो ।
गृहमन्त्री बालकृष्ण खाँणका नजिकका व्यक्ति भएका कारण प्रहरीले समेत थप विषय लुकाउन खोजेको स्थानीयको आरोप छ ।
प्रकाशित मिति : ४ पुस २०७८, आइतबार ३ : ३१ बजे
प्रतिक्रिया