काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरूसँग बैठक बिना निष्कर्ष सकिएको छ ।
सिंहदरबारमा बसेको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकमा कुनै सहमति नभएको हो ।
बैठकमा माओवादी केन्द्रले एक घण्टाको समय मागेको बताउँदै सदन अवरुद्धको निर्णयमा पुर्नविचार गर्ने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको छ ।
बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकरसचेतकहरूसँग सभामुख घिमिरेले छलफल गर्नुभएको थियो ।
हिंसाु शब्द असंसदीय नरहेको सभामुखको रुलिङपछि माओवादी केन्द्रले संसदको बैठक अवरुद्ध गरिरहेको छ ।
प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार १ : ३७ बजे
प्रतिक्रिया