‘नेशनल डे कन्सर्ट’ सम्पन्न

स्थिर नीति भएमात्र निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न सक्छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्वाध काम गर्नका लागि नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् ।

बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) का मिसन टोलीसँगको भेटका क्रममा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न यस्तो आग्रह गरेका हुन् । उनले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट ऋणको माग कम रहेको बताए ।

उनले महासंघले बैंकहरूलाई आफ्नै शर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको कुरा बताउँदै अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने धारणा पनि राखे ।

साथै उनले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठ वटा कानूनमा संशोधन भएको र द्धिपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको बताए । उच्च विदेशी विनिमय सञ्चिती, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवर्द्धनमा सहयोग पु¥याउनुपर्ने उनको आग्रह थियो ।

सो अवसरमा आईएमएफका मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको बताइन् । निजी क्षेत्रलाई महत्त्व दिनुपर्ने विषयमा कोष सदैव सकारात्मक रहेको पनि उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १ : २७ बजे