‘एउटै नाउरको सिकार गर्न २३ लाख’

 रेम्डेसिभिर औषधि तोकिएको व्यक्तिसंँग लिन मन्त्रालयको आग्रह

काठमाडौँ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधि तोकिएको व्यक्तिसंँग लिन आग्रह गरेको छ ।  

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै  सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचयपत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क राख्न अनुरोध गर्नुभएको छ । 

मन्त्रालयका सूचनामा कुपण्डोलस्थित युनएनपार्कमा रहेको हेल्थकेयरका डा अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ मा  सम्पर्क गर्न सकिने उल्लेख छ ।

हेल्थकेयरबाट प्रति रेम्डेसिभिर  रु चार हजार ९०० मा पाइने मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ६ : ३८ बजे