‘नेशनल डे कन्सर्ट’ सम्पन्न

करिब २१ अर्ब बीमा दाबी, सरकारले समयमै भुक्तानी नगरेपछि लक्षितवर्ग अन्यौलमा 

काठमाडौँ । विभिन्न खालका बीमा दाबी बापत सरकारले २१ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी गरेको छैन । बीमामा प्रोत्साहन गर्न र न्यून आय भएका वर्गका लागि सरकार आफैले घोषणा गरेको बीमा अनुदान बापतको रकम भुक्तानी नगरेको हो । 

सरकारले स्वास्थ्य बीमा बापतको ८ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी गरेको छैन । त्यस्तै, कोरोना बीमा बापतको ११ अर्ब ३४ करोड र कृषि, पशुपन्छी तथा माछा बीमा बापतको एक अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरेको छैन । 

सरकारले लक्षित वर्गको स्वास्थ्य बीमा बापतको विगत तीन वर्ष देखिको रकम भुक्तानी गरेको छैन । दाबी रकम भुक्तानी नहुँदा स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले बीमितहरुलाई स्वास्थ्य सेवा नै उपलब्ध नगराउने भन्दै दबाब दिँदै आएको स्वास्थ्य बीमा बोर्डले जानकारी दिएको छ । 

त्यस्तै, सरकारले कृषि, पशुपन्छी र माछा बीमा बापतको अनुदान रकम समेत भुक्तानी गरेको छैन । कृषकलाई कृषि बीमामा प्रेरित गर्न भन्दै सरकार आफैले ८० प्रतिशत अनुदान दिने घोषणा गरेको थियो । तर, सरकारले समयमा नै भुक्तानी नगर्दा कम्पनीहरूले कुनै पनि समयमा बीमा पोसिली जारी गर्न नै बन्द हुनसक्ने संकेत बीमा प्राधिकरणले गरेको अवस्था छ । 

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १२ : ५८ बजे