‘नेशनल डे कन्सर्ट’ सम्पन्न

लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो साधारण सभा

काठमाडौँ । एभरेष्ट बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आगामी असोज २० गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

सभामा विशेषगरी लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ भने बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले यो वर्ष १० बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने कुरा सभाबाट पारित हुने बैंकले जनाएको छ ।

यसका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने, सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले बुक क्लोज मिति पनि तय गरेको छ । साथै  असोज ७ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभामा बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित हुनेछ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १२ : ५१ बजे