‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सहिद स्मारक ‘ए’ डिभिजन लिग: शेर्पालाई बीबीसीको चुनौती

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आईतबार एउटा मात्रै खेल हुँदैछ । 

पाँचौ चरणको तेस्रो दिन हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वार्ईज क्लब (बीबीसी)को सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ पौने ५ बजे शेर्पाले बीबीसीको चुनौती सामना गर्न लागेको हो । 

शीर्ष डिभिजनको लिगमा  शेर्पा पहिलो जितको खोजीमा छ । २ जित निकालेको र २ बराबर गरेको शेर्पा अन्तिमबाट दोस्रो स्थानमा छ । यता, ब्रिगेड भने दोस्रो जित निकाल्ने दाउमा छ । एक जित, एक हार र दुई बराबरसहित ५ अंक बनाएर आठौं स्थानमा छ । 

जारी लिगमा शेर्पाले सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । यता, युवा खेलाडीको साथमा भने बीबीसीले  सामान्य प्रदर्शन गरिरहेको छ । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १० : २३ बजे