‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भोटेकोशीमा बोलेरो बस्दा बेपत्ता महिलाको शव भेटियो, चालक अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडीमा सवार एक जना महिलाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका–६ ड्यामसाईडस्थित सुनकोशी नदीको किनारमा रहेको ढुंगाको कापमा शव फेला परेको हो ।

सिन्धुपाल्चोक प्रहरीका डिएसपी निरञ्जन भट्टराईका अनुसार सुन्तली तामाङको शव फेला परेको हो । उनका ससुरा धनबहादुर तामाङले शवको सनाखत गरेका हुन् । उक्त बोलेरोका चालक भने अझै फेला परेका छैनन् । सिन्धुपाल्चोकस्थित बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट शुक्रबार बोलेरो गाडी निकालिएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ३ : १८ बजे