दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बोक्सीको आरोपमा कुटपिट गर्ने दुई जना विरुद्ध मुद्दा दर्ता

धादिङ । कथित बोक्सी आरोपमा एक वृद्धालाई कुटपिट गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालयले ०७८ पुस १ गते धुनिबेसी नगरपालिका–५ धार्केबाट गिरफ्तार गरि मुद्दा दर्ता गरेको छ ।

तनहुँ जिल्ला भानु नगरपालिका १० कि ४९ वर्षीया पीडित महिलालाई लम्जुङ राईनस नगरपालिका–ं ३ निवासी ३८ वर्षीया मुना परियार र उनका पति ४२ वर्षीय विष्णु परियारले बोक्सी लागेकोले बोक्सी भगाउने भन्दै पन्यूले डामेर घाइते पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राम थापाले बताउनुभयो ।

आरोपितहरु धार्केमा ज्याला मजदुरी गर्नेहरु हुन भने पीडित नातेदारको घर जान लागेको समयमा चिनजानको आधारमा भेट भएपछि ०७८ मंसिर १२ गते घटना भएको थियो ।

घटनापछि पीडितको सुष्मा कोइराला मेमोरयल अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । अझै बिरामी निको नभएको पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ ।

पीडितको अनुहार, शरीरभरी पन्यूले डामेर सख्त घाइते भएपछि पीडित परिवारले उद्धार गरी अस्पताल पुर्याएको थियो ।

घटनामा संलग्न झाँक्रीको काम गर्ने दुवै जनालाई जिल्ला अदालतको आदेश बमोजिम बोक्सा बोक्सी आरोप सम्बन्धी मुद्दामा अनुसन्धान गर्न ५ दिनमा म्याद थप गरि हिरासतमा राखिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : १४ बजे