देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न सेनाको संयुक्त अभ्यास

काठमाडौँ। नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाले विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि अभ्यास सुरु गर्ने भएको छ । यही भदौ ३० देखि असोज ४ गतेसम्म अभ्यास सञ्चालन हुन लागेको हो ।

यस प्रकारका अभ्यासहरूबाट विशेषज्ञता आदानप्रदान हुन गई सैनिक पेसागत क्षमता अभिवृद्धिमा मद्दत पुग्दै आएको नेपाली सेनाले जानकारी दिएको छ । “अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान गरिने खोज तथा उद्धारलाई यप प्रभावकारी बनाउन अपनाउनुपर्ने विद्यमान विधि तथा प्रक्रियाहरुका सम्बन्धमा ज्ञान आदानप्रदान हुनेछ,” नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुनेछन् ।”

नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच विगत लामो समयदेखि विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अभ्यास सञ्चालन हुँदै आइरहेका छन् । सन् २०१२ देखि सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ६ : २९ बजे