साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बामपन्थी नेता यचुरीलाई श्रद्धाञ्जली दिन एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल भारत जाने

काठमाडौं। नेकपा (एमाले)ले भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारत पठाउने भएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पोखरेललाई भारत पठाउने निर्णय गरेको हो ।

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको बिहीबार निधन भएको थियो । यचुरीको पार्थिव शरीरलाई जलाउने वा गाड्ने नगरी एम्स अस्पताललाई नै दिने परिवारले जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

परिवारले शनिबार यचुरीको पार्थिव शरीर एम्स अस्पताललाई बुझाउने बताइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ६ : २५ बजे