‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एजेन्ट कम्पनी खडा गरेर अवैध रूपमा गाडी आयात गरेकोप्रति जी मोटर्सको आपत्ति

काठमाडौँ । एलआरआरले एजेन्ट कम्पनी खडा गरेर अवैध रूपमा गाडी आयात गरेपछि स्काइवेल गाडीको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्सले विज्ञप्ति निकालेर आपत्ति जनाएको छ ।

हालै सम्पन्न नाडा अटो शो २०२४ मा इटी५–६२० (६२० किमी), बिइ११ (५२० किमी र ४२० किमी) शोकेस गरेको थियो । तर हालै स्काइवेलकै गाडी आयात गरेर एलआरआर मोटर्स र एलआरआर ग्रुपले दैनिक पत्रिकामा मूल्य सूची सार्वजनिक गरेपछि जी मोटर्सले विज्ञप्ति निकालेको हो ।

कम्पनीले २०८१ साल वैशाखदेखि औपचारिक रूपमा नेपालमै पहिलो लङ्ग रेन्ज ६२० किमी रेन्ज दिने प्रिमियम एसयुभी स्काइवेलको बिक्री सुरु गरेको थियो । हाल जी मोटर्सले

तर एलआरआरले आफू आधिकारिक इम्पोटर्स भनेर सूचना निकालेपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको कम्पनीबाट जारी विज्ञप्तिमा भनिएको छ । स्काइवेलका गाडी उत्पादन चिनियाँ कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनी लिमिटेडले जी मोटर्स प्रालि बिक्रेता लेखिपठाएको भन्दै जी मोटर्सले बजारमा आम ग्राहकलाई भ्रम फैलाउन खोजिएको, आफ्नो कम्पनीको ख्यातिलाई असर पु¥याइएको र अर्बौँको लगानी डुबाउने प्रपञ्च गर्ने कार्य भएकाले त्यसो नगर्न एलआरआरलाई सचेत गराएको छ ।

नेपालमा सवारीसाधन आयात गर्दा उत्पादन कम्पनीले आधिकारिक बिक्रेताको नियुक्त गरेको हुनुपर्ने भए पनि मूल कम्पनीले एक्सक्लुसिभ आधिकारिक बिक्रेता दिएकाले यसरी आयात गर्न पाइँदैन । तर एलआरआरले हङकङमा एजेन्ट कम्पनी खडा गरेर स्काइवेलका गाडी आयात गरेको आरोप जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले आरोप लगाएका छन् ।

त्यसो त हालसम्म आधिकारिक स्काइवेलका उत्पादक कम्पनी एवम् एक्स्पोर्ट डिभिजन हेर्ने प्रतिनिधिले नेपालमा जी मोटर्सबाहेक अरू कोही पनि आधिकारिक बिक्रेता छैन भन्ने कुराको लिखित जानकारी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र भन्सार विभागमा समेत गराइसकेको उनले बताएका छन् ।

हङकङस्थित एजेन्ट कम्पनीसँग गरिएको झूटो सम्झौतालाई आधार बनाइ वाणिज्य विभागको मिलोमतोमा स्काइवेलका प्यासेन्जर कार तथा एसयुभी आयात गर्ने प्रयास गर्नु आफैँमा गैर कानुनी हुनुका साथै जी मोटर्सले बिक्री गरिरहेका वस्तुको मूल्यसूचीबारे भ्रम सिर्जना गरेकाले आफूहरू कानुनी उपचारमा जाने प्रबन्ध निर्देशक गेलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ३ : ४५ बजे