‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एनआईसी एसिया बैंकले खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ ।

ग्राहकको खाताबाट गरिएको कर कट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपबाट प्यान अद्यावधिक गर्न बैंकले अनुरोध गरेको हो ।

त्यसकालागि आफूलाई पायक पर्ने एनआईसी एसिया बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत प्यान अद्यावधिक गर्नका लागि आवेदन दिन सकिने पनि बैंकले जनाएको छ ।

उक्त प्यान अद्यावधिक भएपछि ग्राहकको कर कट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची–१० मा कर कट्टीको विवरण मिलान गर्ने पनि बैंकले अनुरोधमा उल्लेख छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ३ : ४३ बजे