‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रभु बैंकका ग्राहकलाई भेनस हस्पिटलमा विशेष छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौँ–११, मध्यबानेश्वर मा स्थित भेनस हस्पिटल प्रा.लि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच भेनस हस्पिटल प्रा.लि. का तर्फबाट जनरल म्यानेजर मनीराम ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सो समारोहमा प्रभु बैंक लिमिटेड,बानेश्वर शाखा प्रमुख रचिता विष्ट र भेनस हस्पिटलकी प्रशासन प्रमुख न्योैपाने समेतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ३ : ३४ बजे