‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बैंकिङ्ग प्रणालीमा भित्रियो १७ अर्ब निक्षेप 

काठमाडौँ । बैंकिङ्ग प्रणालीमा निक्षेप थपिने क्रम बढ्दो नै छ । पछिल्लो एकै दिन १७ अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको गत मंगलबारसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । बैंक तथा वित्तीय संस्थाहरूमा एकै दिन १७ अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थासँग कुल ६४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, एकै दिन बढेर ६४ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरुको निक्षेप पनि एकै दिन १८ अर्ब रुपैयाँले वृद्धि भएको छ । गत भदौ २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५१ अर्ब रुपैयाँ रहेको थियो । तर, एकै दिन १८ अर्ब थपिएर मंगलबारसम्म आइपुग्दा भने ५७ खर्ब ६९ अर्ब रुपैयाँ कायम भएको छ । यद्यपि वित्त कम्पनीको निक्षेप भने एक अर्ब घटेर ७ खर्ब २७ अर्ब कायम भएको छ । जबकि त्यसको अघिल्लो दिन ७ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो ।

त्यसो त बैंकिङ्ग प्रणालीमा निक्षेप भित्रने क्रम बढेता पनि कर्जा लगानी भने बढ्न सकेको छैन । 

त्यसो त वाणिज्य बैंकहरुको मात्रै एकै दिन ३ अर्ब घटेर ४६ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । सोमबारसम्म भने ४६ खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो भने 

बैङ्कहरूमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर पनि घटेको छ । हाल यस्तो ब्याजदर ३ प्रतिशतमा झरेको छ ।

यसैबीच बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि ८० प्रतिशत भन्दा तल आइपुगेको छ । राष्ट्र बैंकका अनुसार हाल सीडी रेसियो एकै दिन शून्य दशमलव २२ प्रतिशत बिन्दुले घटेको हो । हाल ७८.८० प्रतिशत कायम भएको छ । 

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ३ : ३० बजे