साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कोशीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो ।

कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्री र खगेनसिं हांगामले उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका छन् । यस्तै भूमिप्रसाद राजवंशीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीहरूले शुक्रबारनै शपथ लिएका छन् ।

यो सँगै कोशीमा एमाले नेता हिक्मत बहादुर कार्कीको नेतृत्वमा १० सदस्यीय सरकार बनेको छ ।

गत असार १७ गते केन्द्रमा एमाले र कांग्रेसबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि गत साउन ११ गते सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ११ : ३३ बजे