‘एउटै नाउरको सिकार गर्न २३ लाख’

भारतमा कोरोनाबाट एक दिनमा थप सात हजार सङ्क्रमित, २८९ को मृत्यु

एजेन्सी । कोभिड संक्रमणबाट भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ सङ्क्रमित भएका छन् । 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण अरु २८९ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जनाएको छ । 

यो सङ्ख्या पछिल्लो ५६९ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । प्रतिशतको हिसाबले पनि सक्रिय सङ्क्रमितहरुको सङ्ख्या गत मार्चपछिकै सबैभन्दा कम भएको उनीहरुको भनाई छ । उनीहरुका अनुसार भारतमा कुल सङ्क्रमित मध्ये ०.२४ प्रतिशत सङ्क्रमितहरु अहिले पनि सङ्क्रमित अवस्थामै रहेका हुन् । 

पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ७०६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ४१ लाख ७१ हजार ४७१ पुगेको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ३ : २७ बजे