लागूऔषध कारोबारको आरोपमा रास्वपाका पूर्वसांसद ढाकाकुमार पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालक ४८ वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

गत साउन ३ गते पोखरा-२ बसपार्कबाट रोल्पाका ४२ वर्षीय प्रकाश थापामगर लागूऔषध ट्रामाडोलसहित पक्राउ परेका थिए । त्यसको अनुसन्धानका क्रममा थापामगरले लागूऔषध श्रेष्ठको दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए । सोही बयानका आधारमा आज फार्मेसी सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख मोहन थापाले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ९ : ५८ बजे