दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

विरोध पछि सरकारद्वारा ७ दिन क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित

काठमाडौं । पर्यटन व्यवसायी र अन्यको समेत विरोध भएपछि  सरकारले विभिन्न ६७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सच्याएको छ । अब तत्काल सो निर्णय कार्यन्वयन नहुने अध्यागमन विभागले जनाएको छ ।

यसअघि कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम जारी गरेको थियो ।

अध्यागमन विभागले अर्को सूचना प्रकाशित नभएसम्म उक्त स्थगित गरिएको एक विज्ञप्ती मार्फत जनाएको छ ।

विभागनले शनिबार बिहान एक सूचना प्रकाशित गर्दै शुक्रबार प्रकाशित यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो ।

‘अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहनेछन्।’

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १ : ३३ बजे