सुनको मूल्यमा नयाँ कीर्तिमान

पोखराको एक घर जलेर नष्ट

पोखरा । पोखरामा एक घर जलेर नष्ट भएको छ । पोखरा ५ मदनमार्गको घरमा आगलागी भएको हो ।

अयोध्या बाटाजुको घरमा सञ्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन् । राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको छ ।

आगलागीपछि पोखरा महानगरपालिकाका दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । क्षतिको थप विवरण आउन बाँकी छ । 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १२ : ५७ बजे