साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ढिलो काम गर्ने र विश्राम गर्ने छुट सरकारलाई छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारण गरेको लक्ष्यअनुसार काम गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।

बिहीबार संघीय सरकारका मन्त्रीहरू र मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले के गर्छौँ भन्ने कुरा थाहा नहुँदासम्म काम गर्न नसकिने बताउनुभयो । त्यसैले कति समयमा कति काम गर्ने भन्ने कुराको लक्ष्य निर्धारण गर्न मन्त्रीहरूसँग कार्यसम्झौता गरेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

‘हामी टिम स्प्रिडमा काम गर्छौँ, एक अर्कालाई सहयोग गर्छौँ, देशप्रति जिम्मेवार भएर अत्यन्त बफादारीताका साथ काम गर्छौँ, जनताका बृहत्तर हितहरूमा, लोकतन्त्रको रक्षाका लागि, समाजमा शान्ति सुव्यवस्थाका लागि, देशमा सुशासन र समृद्धिको यात्रालाई गतिशीलताका साथ अगाडि बढाउनका लागि हामी सहमत छौँ र हामी प्रतिबद्ध छौँ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विस्तारै सुविस्तासँग काम गर्ने विगतको अभ्यास भए पनि अहिले ढिलो गर्ने र विश्राम गर्ने सुविधा सरकारलाई नभएको बताउनुभयो । ‘हामीले अत्यन्तै तीव्र गतिले काम अगाडि बढाउनु पर्ने छ, हाम्रो गतिमा तीव्रता चाहिन्छ, काममा योजनाबद्धता चाहिन्छ र एक अर्कामा पारस्परिक सहयोग चाहिन्छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो । एउटा मन्त्रालय र अर्को मन्त्रालयबीच समन्वय गरेर काम गर्न आग्रह गर्दै उहँले कुनै पनि कुरामा डुप्लिकेसन नगर्न सचेत गराउनुभयो । कसले कुन काम गर्ने भन्ने कुरामा स्पष्ट भएर समन्वयका साथ काम गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले पूर्ववर्तीका पनि काम लाग्ने काम र अनुभवलाई साथमा लिएर काम गर्न आग्रह गर्नुभयो । यस्ता कुराले कामलाई व्यवस्थित गर्न सहयोग पुग्ने प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ५ : १९ बजे