‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन

काठमाडौँ । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । भारतीय मिडियाका अनुसार यचुरीको आज ७२ वर्षको उमेरमा निधन भएको हो ।

उनी अस्वस्थ भएपछि एम्स अस्पतालको आइसियूमा भर्ना भएका थिए । उनले विद्यार्थी कालबाट नै राजनीति सुरु गरेका थिए । उनी भारतमा इमर्जेन्सी लागु गर्दा पटक पटक पक्राउसमेत परेका थिए ।

यचुरी नेपाल-भारत सम्बन्धका जानकारसमेत रहेका  थिए । उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरूका महाधिवेशनको क्रममा अतिथिको रूपमा नेपाल आएका थिए ।

यचुरी पछिल्लो ३२ वर्षदेखि सिपिएमको पोलिटब्यूरो सदस्य रहेका थिए । उनी २०१५ देखि पार्टीको महासचिव थिए भने २००५ देखि २०१७ सम्म भारतको राज्य सभा सदस्य समेत रहेका थिए ।   


प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ५ : १६ बजे