‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ७८ अंकको वृद्धि भएको छ । विहिबार नेप्सेमा ७८ दशमलव १७ अंकले बढेर २६८८ दशमलव ३८ विन्दुमा रोकिएको छ ।

आज ३१८ कम्पनिको कारोबार हुदा एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६१२ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इस्टर्न हाइड्रो र रावा इनर्जीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी सिइबिडि हाइड्रोको सबै भन्दा बढी ४७ करोड ६५ लाख ८ हजार ९० बराबरको शेयर कारोबार भएको छ । त्यस्तै हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबैभन्दा बढी ९ लाख ९१ हजार १३७ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ३ : ३३ बजे