‘नेशनल डे कन्सर्ट’ सम्पन्न

असल ऋणी नपाएपछि बैंकरलाई तनाव, अस्वस्थ प्रतिस्पर्धा बढ्ने खतरा 

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिन थालेपछि बैंकरहरुलाई ‘ऋणी खोज्ने’ तनाव सुरु भएको छ । बैंकले कर्मचारीलाई ऋणी खोज्न टार्गेट दिइरहेको बैंकका कर्मचारीहरू बताउँछन् । बजारमा ऋणको माग हुन छाडेपछि बैंकरहरू तनावमा देखिएका हुन् ।

यस्तो अवस्था आएपछि पछिल्लो समय सबै किसिमका बैंक तथा वित्तीय संस्थाहरू अहिले अर्को संस्थामा भएको ‘राम्रो ऋण’ खोस्ने र नयाँ ऋणी खोज्ने दबाबमा परेको देखिन्छ ।

अप्ठेरो समयमा पनि नियमित ब्याज तथा किस्ता भुक्तानी गरिरहेका ऋणीलाई अहिले घटेको ब्याजको लोभ देखाएर आफ्नो संस्थामा तान्ने होडबाजी नै चलेको छ । ‘नयाँ ऋण लिने मान्छे पाउनै मुस्किल भएको छ ।  त्यतिमात्रै हैन, पछिल्लो समय असल ऋणी पाउनै मुस्किल छ । एकातिर लगानी योग्य रकम थुप्रिएको छ भने अर्कोतिर बजारमा ऋणको माग नै छैन । 

यस्तो अवस्था आएपछि बैंकहरूलाई लगानी गर्न हम्मे हम्मे परेपछि बिस्तारै अस्वस्थ प्रतिस्पर्धा बढ्ने दिशातर्फ वित्तीय बजार अग्रसर हुन थालेको बैंकरहरु नै बताउँछन् । कुनै बेला लगानीयोग्य रकम नभएर तनावमा रहेका बैंकहरूले अहिले ब्याजदर एकल अंकमा झर्दा पनि ऋणी पाउन सकिरहेका छैनन् ।

पछिल्ला २ वर्ष वित्तीय क्षेत्रले चरम तरलता अभाव खेप्नु परेको थियो । बैंकहरू सानो परिमाणको कर्जा लिन आउनेहरूलाई पनि रित्तो हात फर्काउन बाध्य थिए । ब्याज चर्को हुँदा पनि ऋणीलाई ऋण दिन नसक्ने अवस्थामा थिए ।

तर अहिले अवस्था ठीक उल्टो बनेको छ । बैंक तथा वित्तीय संस्थामा लामो समयदेखि अधिक तरलता थुप्रिएको छ । तर कर्जाको माग बढ्न सकेको छैन । त्यसो हुँदा बैंकहरूले सस्तो ब्याजमा राष्ट्र बैंकमा पैसा राख्न बाध्य बनिरहेका छन् ।

बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिन सक्छन् । तर, नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल त्यस्तो कर्जा निक्षेपको अनुपात ७८.८५ प्रतिशतमा झरेको छ ।

त्यसो त कुल निक्षेप ६४ खर्ब ८१ अर्ब रूपैयाँ रहेको छ भने कर्जा प्रवाह ५२ खर्ब १ अर्ब रूपैयाँ छ । बैंकहरूको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) प्रतिशत छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालको बैंक तथा वित्तीय संस्थामा ७२ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ अधिक तरलता छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  २ : २० बजे