‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गण्डकीको मुख्यमन्त्रीमा पुनः गुरुङ्ग नियुक्त, सपथ ग्रहण सम्पन्न

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ्ग पुनः नियुक्त हुनुभएको छ ।उहाँलाई आजै प्रदेश प्रमुख सीता पौडेलले पद तथा गोपनीयताको सपथ गराउनु भएको छ । यस अघि उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।
मुख्यमन्त्री गुरुङको राजिनामापछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको सरकार गठनका लागि दिएको अन्तिम समयमा विपक्षी गठबन्धनले नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री दावी गर्दै दावी पत्र पेश गरनु भएको थियो ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि आवश्यक ३१ सङ्ख्या पुग्ने आँकल गरिएकोमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफू तटस्थ रहने जनाएपछि बहुमत गुमेको छ । राष्ट्रिय जनमोर्चाले केन्द्रबाट विपक्षी गठबन्धनमा सहभागी हुने निर्णय गरेपनि तीन सदस्य रहेको प्रदेशसभाका कृष्ण थापा र खिमबिक्रम शाहीले तटस्थ बस्ने घोषणा गर्नु भएको थियो ।
संसदीय दलका नेता कृष्ण थापालाई जानकारी नदिई प्रमुख सचेतकले पार्टीको ह्वीप जारी गरेपछि बढेको विवाद अन्तत दुई खेमामा परिणत भएको छ । 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : ५० बजे