साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

दमौली । तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ ।

तनहुँ प्रहरीका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरे खोलाको खोल्सामा खसेको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो ।

सो बसमा यात्रा गरिरहेका ११ जना घाइते भएको प्रहरीले जनाएको छ । बसमा १५ जना रहेको बताइएको छ ।
 

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ५ : ०५ बजे