साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

संबैधानिक परिषद्को बैठक बोलाइयो, नयाँ प्रधानन्यायाधीश बारे छलफल हुने

काठमाडौँ । संवैधानिक परिषद्को बैठक बोलाइएको छ । परिषद्का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरि परिषद्को बैठक बोलाउनुभएको हो । 

बैठकको एक मात्र एजेण्डा नयाँ प्रधानन्यायाधीश सिफारिस बारे छलफल गर्ने रहेको छ ।

परिषद्का सदस्यहरूलाई पठाइएको पत्रमा प्रधानन्यायाधीश सिफारिसको एउटा मात्रै एजेण्डा उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउने हुनाले नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्ने तयारी गरिएको हो । नयाँ प्रधानन्यायाधीश सिफारिस भएपछि संसदीय सुनुवाई पछि नियुक्ति हुने प्रावधान छ ।

नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाइसकेको छ । जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् । सिफारिस मध्ये प्रकाशमान सिंह राउत सबैभन्दा वरिष्ठ भएकाले उहाँकै नाम सिफारिस हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १२ : ५९ बजे