दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

स्याङजा – आफ्नै श्रीमती ४५ वर्षीया कोपीला थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा भिरकोट नगरपालिका-६ फोक्सिङ बस्ने ५० वर्षीय डबल वहादुर थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

डबल बहादुरले कुटपिट गर्दा कोपीला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दहथुम र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ४८ बजे