ज्ञानेन्द्र र प्रचण्ड बीचको सहमति सार्वजनिक गर्न एमाले महासचिवको आग्रह

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच भएको सहमति खोजेर सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।

पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै महासचिव पोखरेलले पूर्वराजा ज्ञानेन्द्र र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच भएको सहमति खोजेर सार्वजनिक गर्न आग्रह गर्नुभएको हो ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले २०६० साल मंसिर १८ गते पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष प्रचण्डबीच सहमति भएको खुलासा गर्नुभएको थियो । महासचिव पोखरेलले वर्तमान सत्ता गठनबन्धनका माध्यमबाट जनताको विकास र समृद्धिको नेतृत्व सम्भव नभएको भन्दै सबै पार्टीमा रहेको देशभक्त र समृद्धिका पक्षधरलाई एमालेमा एकता र प्रवेश गराउने अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ०७ बजे