‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गण्डकीको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ : सपथ गराइँदै

काठमाडौं । गण्डकी प्रदेशमा गठबन्धनले गरेको दाबी झुट सावित भएसँगै प्रदेश प्रमुखमा पृथ्वी सुब्बा गुरुङले सपथ गर्दै हुनुहुन्छ । प्रदेश प्रमुखको कार्यालयमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई सपथ ग्रहण गराउन लागिएको छ । सपथग्रहणका लागि गुरुङ प्रदेश प्रमुखको कार्यालयमाा पुगिसक्नुभएको छ  । संविधानको धारा १६८ ९३० अनुसार पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री नियुक्त हुन लाग्नुभएको हो ।

बुधवार अपरान्ह ४ बजेसम्मको समय भित्र कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको पत्र लिएर पोखरेल प्रदेश प्रमुखको कार्यालयमा पुगेपनि त्यही बेला जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले आफू तटस्थ रहेको भन्दै आफूलाई दलको नेताबाट हटाइएको कार्यलाई मान्यता नदिन पत्र पठाउनु भएपनि नेपालीको दाबी गलत साबित भएको थियो  ।

त्यस लगत्तै जनमोर्चाका अकां सांसद खिमविक्रम शाहीले पनि आफू गठबन्धनमा नरहेको वक्तव्य दिएपछि चार दलको समर्थन भनि पनि बहुमत नपुगेकाले गठबन्धनको दावी अश्वीकृत भएको हो ।

गण्डकीमा ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसद चाहिन्छन । अहिले सत्तासीन एमाले र विपक्षी गठबन्धनमा २८÷२८ जना सांसद छन । राष्ट्रिय जनमोर्चाका ३ सांसदले जसलाई समर्थन गर्‍यो उसैको सरकार बन्ने अवस्था भएपछि राजमो निर्णायक शक्ति बनेको थियो ।

राजमो केन्द्रले विपक्षी गठबन्धनलाई सहयोग गर्ने भनेपछि अन्य तीन दलले मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ बिरुद्ध बैशाख २ मा अविश्वास प्रस्ताव पेश गरेका थिए । बैशाख २७ मा अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूची तोकिएकोमा त्यसको अघिल्लो दिननै मुख्यमन्त्री गुरुङले राजीनामा दिनुर्भको थियो  । विपक्षी गठबन्धनले राष्ट्रिय जनमोर्चाका तीन सांसदको समेत हस्ताक्षर गर्न खोज्दा उक्त पार्टीका संसदीय दलका नेता कृष्ण थापाले हस्ताक्षर गर्न नमानेपछि गठबन्धन हच्किएको थियो । तर राजमोले थापालाई संसदीय दलको नेताबाट हटाएपछि सचेतक पियारी थापाले आफ्ना तीन सांसदको समर्थन रहेको भन्दै गठबन्धनलाई सहयोग गर्ने भनेपछि चार दलका नेता प्रदेश प्रमुखकोमा गएका थिए । तर जनमोर्चाका सांसदको एकमत नहुँदा विपक्षी गठबन्धन सफल हुन सकेन ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ५ : ४५ बजे