दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

औषधि किन्न वाध्य बनाउने ४ जना विचौलीया पक्राउ

मोरङ – उपचारका लागि आएका सर्वसाधारणलाई आफूलाई कमिशन दिने फार्मेसीमा औषधि किन्न वाध्य गराई विचौलीयाको कार्य गरी सर्वसाधारणलाई दु:ख हैरानी दिएको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१९ बस्ने ४६ वर्षीय विनोद राय, सोही महानगरपालिका-५ बस्ने ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलिप साह र विराटनगर महानगरपालिका-१२ बस्ने ३९ वर्षीय शिव कुमार कामत रहेका छन् ।

विराटनगर महानगरपालिका-७ स्थित उपचारका लागि आएका सर्वसाधारणलाई सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने तथा आफूलाई कमिशन दिने फार्मेसीमा औषधि किन्न वाध्य गराई सर्वसाधारणलाई दु:ख हैरानी दिएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ३ : ३७ बजे