साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

प्रगतिशील इञ्जिनियर्स एशोसिएसनका उम्मेदवारलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २८ गते हुने नेपाल इञ्जिनियर्स एशोसिएसनको ३४औँ निर्वाचनका लागि प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार समूलाई शुभकामना दिनुभएको छ ।

इ प्रा डा विष्णुुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा सङ्क्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिलगरी मुलुुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

“यो समूह चुनावमा उठ्नका लागि उठाए जस्तो मात्रै देखिएको छैन । यस क्षेत्रलाई ऊर्जाशील बनाएर राष्ट्र निर्माणमा लाग्नसक्षम समूह देखिएको छ । तपाईंहरुले चुनाव जितेपछि बसेर सविस्तार कुरा गरौँला ।”

कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा (एमाले) जनसङ्गठनका संयोजक भानुुभक्त ढकाल, बागमती प्रदेशका भौतिक पूर्वाधारसम्बन्धी मन्त्री अमन मास्केलगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ७ : ५० बजे