‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भियतनाममा यागी चक्रवातका कारण ६५ को मृत्यु, ३९ बेपत्ता

समाचार तयार पार्दा सम्म भियतनामको उत्तरी क्षेत्रमा सुपर टाइफुन यागीसँगै आएको बाढी र पहिरोमा परी ६५ जनाको मृत्यु हुनुका साथै ३९ जना बेपत्ता भएको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ ।

चक्रवातका कारण ७५२ जना घाइते भएको जनाइएको छ ।

मङ्गलबार लाओ काई र येन बाई प्रान्तको थाओ नदीको जलस्तरले सन् १९६८ र २००८ को ऐतिहासिक रेकर्डलाई पार गरेको स्थानीय समाचार माध्यमले जनाएको छ ।

राजधानी हनोईले बुई र काउ नदीमा पानीको स्तर बढ्दो क्रममा रहेकाले उच्चतम चेतावनी जारी गरेको छ ।

हनोईको “रेड नदी” को बढ्दो जलस्तरले सोमबार देखि सहरका विभिन्न क्षेत्रहरूमा बाढी आएको भियतनाम समाचार समितिले जनाएको छ ।

भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले टाइफुनबाट प्रभावित पाँच प्रान्तलाई सहयोग गर्न सन् २०२४ को बजेटबाट १०० बिलियन भियतनामी डोङ वा (करिब चार मिलियन अमेरिकी डलर) छुट्याउने निर्णय गर्नुभएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ५ : ३१ बजे