एमालेले तोक्यो विभिन्न विभागका प्रमुख, प्रदेश र जिल्ला इञ्चार्जहरु (नामवली)

काठमाडौं । एमाले नेताहरुको कार्यविभाजन गरिएको छ । जिल्ला र प्रदेश इञ्चार्ज तोकिएको हो । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको जानकारी दिएको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो ।

एमालेले अन्तर्पार्टी निर्देशन (अपानि) जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको हो ।

  • उपाध्यक्ष युवराज ज्ञवाली–प्रदेश र स्थानीय तह संयोजन
  • उपाध्यक्ष अष्टलक्ष्मी शाक्य–राजनीतिक समन्वय संयोजन
  • उपाध्यक्ष रामबहादुर थापा ‘बादल’–कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा
  • महासचिव शंकर पोखरेल–सांगठनिक कामको संयोजन
  • उपाध्यक्ष विष्णु पौडेल–सांगठनिक कामको अनुगमन
  • उपमहासचिव प्रदीप ज्ञवाली–स्कुल विभाग
  • पृथ्वीसुब्बा गुरुङ–प्रचार तथा प्रकाशन विभाग प्रमुख
  • उपमहासचिव विष्णु रिमाल–निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन
  • स्थायी कमिटी सदस्य घनश्याम भुसाल–अर्थ तथा योजना विभागको प्रमुख
  • सचिव टोपबहादुर रायमाझी–भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख
  • गोकर्ण विष्ट–ऊर्जा विभाग
  • योगेश भट्टराई–स्वास्थ्य विभाग प्रमुख
  • सचिव लेखराज भट्टराई–सुदूरपश्चिम प्रदेश इञ्चार्ज

 

सबै हेर्न हेर्नुहोस् एमालेको अन्तरपार्टी  ४९ पृष्ठको अपानि

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : २६ बजे