साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

बुद्ध एयरद्वारा एटीआर ४२ विमानको बिदाइ

काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको छ ।

मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको हो । बुद्ध एयरका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वाटर स्यालुट’सहित बिदाइ गरेका थिए ।  बुद्ध एयरकाअनुसार उक्त विमानले सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरु गरेको विमानले अन्तिम माउण्टेन फ्लाइट गरेर बिदाइ गरिएको छ । बुद्ध एयरले १६ वर्षको सेवापछि विमान उडाउन बन्द गरेर ह्यांगरमा राखिएको छ । यो विमानलाई ७० हजार उडान साइकलपछि एटीआर ४२–३२० नाइन एन–एआईएन विमानको बिदाइ गरिएको हो । नेपालमा मात्र यसले ४० हजार उडान साइकल गरेको छ । ४७ सिट क्षमताको यो विमान १९९७ डिसेम्बर २८ देखि उड्न थालेको थियो । बुद्ध एयरका प्राविधिक निर्देशक मंगेश थापाले बुद्ध एयरले एटीआर ४२ (नाइन एन–एआईएन) विमान सन् २००८ सेप्टेम्बरमा नेपालमा ल्याएको बताउनु भयो । उहाँले सन्१९९५मा बनेको विमान नेपालमा ल्याउनु भन्दा पहिला १३ वर्ष प्रयोग भइसकेको भए पनि नेपालमा ल्याएर १६ वर्ष सेवामा लगाइएको बताउनु भयो । उहाँले नेपालमा एटीआर मर्मतको अनुभव थिएन तर यो विमानले सिकाइको बताउनु भयो । उहाँले विमान दुई किसिमले बिदाइ हुने बताउनु भयो । उहाँले पहिलो विमान उत्पादकले दिएको साइकल र विमान सञ्चालकहरूले आर्थिक रूपमा सञ्चालन गर्न नसक्दा बिदाइ हुने बताउनु भयो । 

बुद्ध एयरमार्फत नेपाली आकाशमा ४० हजार टेकअफ ल्यान्ड गर्दै १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ । एक टेकअफ र ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ । एटीआर विमान उत्पादक कम्पनीले उत्पादन गरेकोमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने नाइन एन–एआईएन पहिलो विमान भएको बुद्ध एयरले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : ३८ बजे