साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुनःनिर्माण

सिन्धुपाल्चोक । यहाँको लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पु-याएको झोलुङ्गे पुल पुनःनिर्माण गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङ र वडा नं २ याङ्ग्री जोड्ने झोलुङ्गे पुल गत असार ३० गते इन्द्रावती नदीमा आएको बाढीले क्षति पु-याएको थियो । बाढीले गाउँपालिकाको तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो ।

बाढीले क्षति पु-याएको पुलमध्ये गाउँपालिकाकै स्रोतबाट चिण्डे र याङग्रीको पुल पुनःनिमार्ण भईसकेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । बाढीले क्षति पु-याएको माकालमा भने मोटरेबल पुल निमार्ण गर्न बोलपत्र आह्वान गर्ने तयारी गरिएको अध्यक्ष लामाले बताउनुभयो ।

वडा नं २ को याङ्ग्री, सुनचौर, डाले, ब्राथोर, रिपार लगायतका स्थानीय हिँड्नका लागि प्रयोग हुने एकमात्र झोलुङ्गे पुलमा क्षति पुगेपछि समस्या भएको स्थानीय केशाङ तामाङले बताउनुभयो । तामाङका अनुसार विद्यार्थी, स्थानीय र धार्मिकस्थल आमायाङ्ग्री जाने पर्यटकलाई समस्या भएको थियो ।

पुलमा क्षति पुगेपछि सङ्घ र प्रदेश सरकारलाई पटक–पटक आग्रह गरेपनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो । कतैबाट सुनुवाइ नभए पछि गाउँपालिकाकै स्रोत र साधनबाट पुल पुनः निमार्णको प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

सो पुलमा विसं २०७८ असार १ गतेको बाढीलेसमेत क्षति पु¥याएको थियो । तात्कालीन अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गरी पुल निमार्ण गरिएको थियो । त्यसको तीन वर्ष नबित्दै पुनः बाढीले क्षति पु¥याएको हो । एक सय ६२ मिटर लामो पुल रु ३४ लाख लागतमा पुनःनिर्माण गरिएको छ । त्यस्तै वडा नं १ र ६ जोड्ने चिण्डे ६५ मिटर लामो पुल रु १३ लाखमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : ३२ बजे