साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बुद्ध एयरद्वारा एटीआर ४२ विमानको बिदाइ

काठमाडौँ। बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको छ । मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको हो । बुद्ध एयरका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वाटर स्यालुट’सहित बिदाइ गरेका थिए ।

बुद्ध एयरका अनुसार सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरु गरेको विमानले अन्तिम माउण्टेन फ्लाइट गरेर बिदाइ गरिएको हो ।

बुद्ध एयरले १६ वर्षको सेवापछि विमान उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ । यो विमानलाई ७० हजार उडान साइकलपछि एटीआर ४२–३२० नाइन एन–एआईएन विमानको बिदाइ गरिएको हो ।

नेपालमा मात्र यसले ४० हजार उडान साइकल गरेको छ । ४७ सिट क्षमताको यो विमान १९९७ डिसेम्बर २८ देखि उड्न थालेको थियो । बुद्ध एयरका प्राविधिक निर्देशक मंगेश थापाले बुद्ध एयरले एटीआर ४२ (नाइन एन–एआईएन) विमान सन् २००८ सेप्टेम्बरमा नेपालमा ल्याएको बताउनुभयो ।

उहाँले सन् १९९५ मा बनेको विमान नेपालमा ल्याउनुभन्दा पहिला १३ वर्ष प्रयोग भइसकेको भए पनि नेपालमा ल्याएर १६ वर्ष सेवामा लगाइएको बताउनुभयो ।

उहाँले नेपालमा एटीआर मर्मतको अनुभव थिएन तर यो विमानले सिकाएको बताउनुभयो । उहाँले विमान दुई किसिमले बिदाइ हुने बताउनुभयो । उहाँले पहिलो विमान उत्पादकले दिएको साइकल र विमान सञ्चालकहरुले आर्थिक रुपमा सञ्चालन गर्न नसक्दा बिदाइ हुने जानकारी दिनुभयो ।

बुद्ध एयरमार्फत नेपाली आकाशमा ४० हजार टेकअफ ल्याण्ड गर्दै १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ । एक टेकअफ र ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ । एटीआर विमान उत्पादक कम्पनीले उत्पादन गरेकोमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने नाइन एन–एआईएन पहिलो विमान भएको बुद्ध एयरले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : २६ बजे