सुनको मूल्यमा नयाँ कीर्तिमान

पोल्यान्डमा डायनोसरका सयौं पद चिन्ह फेला

वार्सा – पोल्यान्डमा डायनोसरका सयौं पदचिन्ह फेला परेका छन् । पदचिन्ह फेला परेसँगै  २० करोड वर्ष पुरानो रहस्यलाई थप उजागर गरेको छ । राजधानी वार्सादेखि १३० किलोमिटर दक्षिणको वोर्कोवाइसमा डायनोसरका पाइला र हड्डी फेला परेको पुरातत्वविद्हरुले जनाएका छन् ।  डायनोसर दौडिएको, पौडी खेलेको, बसेको र आराम गरेको पदचिन्ह फेला परेका हुन् ।  

‘डायनोसरहरुले छोडेको पद चिन्हबाट हामीले उनीहरुको स्वभाव तथा बानी व्यहोराबारे थप जानाकारी पत्ता लगाउन सक्छौं,' पुरातत्वविद् ग्रिजगोर्ज निजविद्ज्कीले भने ।

मांसहारी डायनोसरको सबैभन्दा ठूलो पदचिन्ह ४० सेन्टिमिटरसम्म लामा छन् । 

 एजेन्सी

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : ४१ बजे