सुनको मूल्यमा नयाँ कीर्तिमान

उकालो लाग्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १० : ५९ बजे