एमालेको सचिवालय बैठक भदौ २८ मा बस्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक यही भदौ २८ गते बस्ने भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी बैठक बस्न लागेको जानकारी दिनुभयो । बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा १२ः३० बजे बस्ने छ ।

यही भदौ १८ र १९ गते बसेको पार्टी पोलिटब्युरो बैठक आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम टुङ्गो लगाउने सहमति भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ४४ बजे