साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् ।

महासंघको निर्वाचन दुई पटक तोकिए पनि हुन नसकेको अवस्थामा अध्यक्ष पोखरेलले पुनः कार्यतालिका ल्याउन नसकेको, सदस्यता विवाद मिलाउन नसकेको अवस्थामा उनले राजीनामा दिएका हुन् ।

पोखरेलले महासंघको अहिलेको अवस्थाप्रति नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ४४ बजे