सुरुङमार्ग नजिक लेदोसहितको पहिरो, काठमाडौँ आउने सडक अवरुद्ध

काठमाडौँ । धादिङको नौबिसेस्थित सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध भएको छ ।

सोमबार अपराह्न गएको पहिरोमा एउटा स्करपियो गाडीसमेत परेको थियो । धादिङ प्रहरीका अनुसार पहिरोमा मानवीय क्षति भने भएको छैन । दुईतर्फी अवरुद्ध खुलाउन कम्तीमा २ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ४२ बजे