एमालेद्वारा १० औं महाधिवेशनपछि पहिलो पटक अपानि जारी (पूर्णपाठसहित)

काठमाडौँ । नेकपा (एमाले) ले १० औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक अन्तर पार्टी निर्देशन– १ जारी गरेको छ । 

पार्टीका निर्णय तथा निर्देशनलाई तल्ला कमिटीमा पठाउन एमालेले अन्तर पार्टी निर्देशन जारी गरेको हो  ।

एमाले महासचिव शङ्कर पोखरेलले अन्तर पार्टी निर्देशन– १ केन्द्रीय पदाधिकारी तथा सदस्यहरू र प्रदेश तथा जिल्ला कमिटीले पाउने गरी इमेल  पठाइएको  जानकारी दिनुभयो ।

अपानि जारी गरिएसँगै नेताहरूको केन्द्र र प्रदेशगत रूपमा कार्य विभाजन समेत गरिएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा पार्टीको समग्र नेतृत्व गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ भने एमालेको तेस्रो वरियतामा रहनुभएका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने  भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ । 

एमालेद्वारा १० औं महाधिवेशनपछि पहिलो अपानि जारी (पूर्णपाठसहित) : ​​​​​​​

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : १३ बजे