सुनको मूल्यमा नयाँ कीर्तिमान

बेलायतमा कोरोनाबाट एकै दिन ८८ हजार सङ्क्रमित

लन्डन । बेलायतमा दैनिक कोभिड सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा ८८ हजार नयाँ सङ्क्रमित भेटिएका छन् । 

यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च सङ्क्रमितको सङ्ख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । 

बेलायतमा कोभिडका कारण आगामी पाँच महिनामा कम्तीमा ५० हजारदेखि बढीमा ७५ हजार जना मानिसको मृत्यु हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका छन् । 

सङ्क्रमण तीव्र फैलिएको भन्दै सावधानी अपनाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । नयाँ भाइरसको सङ्क्रमण बढेसँगै सरकारले १८ वर्षदेखि माथिका सबैलाई बुस्टर डोज दिने तयारी गरेको छ ।  

करिब ६ करोड ७० लाख जनसङ्ख्या भएको बेलायतमा कोभिडबाट अहिलेसम्म एक करोड १० लाख सङ्क्रमित भएका छन् । कोभिडबाट एक लाख ४७ हजारको मृत्यु भइसकेको छ । एजेन्सी

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ५८ बजे