दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

दमक । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा बिहीबार एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे७प ९८०० नंको मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई–८ का २४ वर्षीय विमल सिवा घाइते हुनुभएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।रासस 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ३२ बजे