देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सिंहदरबारभित्र शेयर कारोबार बन्द हुने भएपछि कारोबार गर्ने कर्मचारी बिलखबन्दमा ! 

सिंहदरबारभित्र शेयर किनबेचमा रोक लगाउने अख्तियारको तयारी

काठमाडौं । कार्यालय समयमा कर्मचारीहरू शेयर कारोबारमा लागेको भनेर उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र शेयर किनबेचमा रोक लगाउने तयारी गरेको छ ।

अख्तियारले सिंहदरबारभित्र शेयर खरिदबिक्रीका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बन्द गर्ने तयारी गरेको हो । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत कार्यालय समयमा सिंहदरबारमा टीएमएस बन्द गराउन पत्राचार गर्ने तयारी अख्तियारले गरेको स्रोतले जनाएको छ । कामभन्दा पनि कम्प्युटर खोलेर शेयर कारोबारमा तल्लीन हुने कर्मचारीहरूको निद्हराम भएको बुझिएको छ । 

स्मरण रहोस् अख्तियारमा कार्यालय समयमा शेयर बजारमा व्यस्त भएर काम प्रभावित भएको भन्दै उजुरी परेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १ : ४२ बजे