‘नेशनल डे कन्सर्ट’ सम्पन्न

इस्तानबुलको ब्ल्याक सी तटमा विस्फोटक पदार्थले भरिएको वस्तु फेला

काठमाडौं । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको ब्ल्याक सी तटमा विस्फोटक पदार्थ भएको वस्तु फेला परेको छ ।

एक जना माछा मार्ने व्यक्तिले शहरको युरोपेली तर्फको अर्नावुत्कोय जिल्ला नजिकै समुन्द्रमा एउटा ठूलो फलामको वस्तु तैरिरहेको देखेपछि सुरक्षा निकायलाई जानकारी ग्राएका थिए ।

घण्टाको प्रयास पछि टोलीहरूले सफलतापूर्वक वस्तुबाट विस्फोटक पदार्थ निकालेका थिए । जसलाई थप परीक्षणको लागि लगिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १ : ३० बजे