साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

माओवादी पार्टी संविधान संशोधन विरोधी होइन : अध्यक्ष दाहाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले आफूहरू संविधान संशोधनकाे विरोधी नभएकाे भन्दै जनताको हकअधिकार र प्राप्त उलब्धिलाई मास्ने काम भने काेही कसैले गर्न नहुने बताउनुभयाे । 

दाहालले भ्रष्टाचारी एवं विचौलियालाई कारबाही प्रक्रिया सुरु गरेपछि आफ्नो नेतृत्वको सरकार सत्ताबाट बाहिरिनुपरेको बताउनुभयाे । दाहाल माओवादी पार्टी सत्ताबाट बाहिरिएपछि देशव्यापी रुपमा पार्टीको सङ्गठन विस्तार, सुदृढीकरण र पुनःनिर्माणमा गर्न पार्टीलाई अवसर प्राप्त भएको बताउनुभयाे । 

बहुमतका नाममा जथाभावी गर्ने छुट कोही कसैलाई पनि नरहेको स्पष्ट गर्दै अध्यक्ष दाहालले मुलुक र जनता विरोधी काम नगर्न सरकारलाई खबरदारी गर्नुभयो ।  

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १२ : २८ बजे