काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको हो ।
छापावाल सुन प्रति १० ग्राम ७९ हजार सात सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तेजाबी सुन प्रति १० ग्राम ७९ हजार तीन सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ३५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
प्रकाशित मिति : १ पुस २०७८, बिहिबार ११ : ५७ बजे
प्रतिक्रिया