साफ यू–१७ च्याम्पियनसिप आजदेखि

रेमडिसिभिर औषधिको आवश्यकता भएमा यहाँ सम्पर्क गर्नुस्

काठमाडौँ – सरकारले कोरोना संक्रमितका लागि उपयोगी  रेमडिसिभिर औषधिको आवश्यकता भएमा चिकित्सकको प्रेस्क्रिप्सन र परिचयपत्र सहित आएमा उपलब्ध गराउने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधवार एक सूचना जारी गर्दै रेमडिसिभिर औषधिको आवश्यकता भएमा आयन हेल्थकेयर, कुपण्डोलबाट लिन सकिने जानकारी गराउनुभएको छ ।

आज मन्त्रालयले जारी गरेको सूचनामा रेमडिसिभिर औषधि प्रतिभाइल ४ हजार ९ सय रुपैयाँमा खरिद गर्न सकिने र  सम्पर्क व्यक्तिहरूको फोन नम्बर समेत सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : ५७ बजे